
jsb
Bsn
Ksb
Csb
Gsb
Rsb
Usb
Nsb
Ppu
Fmb
Ksb
Rks
Ssb
Ssb
Tgp
Ksb

Ssb
Gsb
Usb
Hl1
Tsb

Rgu
ptl
Nps
दाङ । देउखुरीको लमही नगरपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्वागत गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि अधिकृत डाँगीलाई नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष र नगरपालिकाका कर्मचारीहरुले भब्य स्वागत गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै डाँगी यस अघि पनि लमही नगरपालिका मै हुनुहुन्थ्यो । उहाँ सरुवा भएर कपिलबस्तु हुँदै रुपन्देही जिल्लाको बाणगङ्गा नगरपालिकामा कार्यरत रहनु भएको थियो । धेरै जसो नगरपालिकामा आउने कार्यालय प्रमुखहरु दुई चार महिना बस्ने त्यसपछि सरुवा भएर जाने गर्दाले नगरको कामकाज त्यतिकै रोकिएको थियो ।
यस्तै अब अधिकृत डाँगी लमही नगरपालिकामा आए संगै लामोसमयदेखि रोकिएका कामकाजले तिब्रता पाउने आशा राखेको नगर प्रमुख कुल बहादुर केसीले बताउनु भयो । त्यस्तै बुधबार प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई स्वागत गर्न वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी,४ का सुबाश न्यौपाने,५ का बिम बहादुर केसी,६ का गणेशमान चौधरी वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी लगायत नगरपालिका भित्रको विषयगतका कर्मचारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी उक्त स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो समयमा हुनु पर्ने जति काम हुन् नसक्नु दुखको कुरा भएको बताउनु भयो । नगरपालिकाबाट प्रदान गरिने सेवालाई पहिलो प्राथमिकता दिने गरि अघि बढ्ने प्रतिबद्घता व्यक्त गर्नु भएको छ । सो कार्यालयबाट जनतालाई प्रदान गरिने सेवाबाट गुनासो नआउने गरि कामकाज गर्न पनि आफु मातहतमा रहेका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
त्यस्तै बजार व्यवस्थापन,ट्राफिक व्यवस्थापन जस्ता कुरालाई मध्यनजर गरेर कार्यान्वयन गर्ने डाँगीले बताउनु भयो । त्यस्तै कामकाज गर्ने समयमामा कहिँ कतै झिनामसिना कमीकमजोरी हुनु स्वाभाविक हो त्यसलाई सच्च्याएर अघि बढ्ने डाँगीको भनाई रहेकोे छ ।
