
Anm
Ksm
Gmk
mbd
Mbdvs
Rbs
Sds
Gisld
Pbu

Asm
Rgs
Ggd
Rgu
Ssm
Sls
Pvg
Vor
Hal
Rsb
Bbu
Sbs
Tsm
Rgu
Ksm
nsb
Bbbpu
Gst
Wsp

sab
Jmb
bbt
Mks
Bml
Rpp
Ptm
Abd
Pls
Jmb
Syp
Gsb
Rmb
दाङ । देउखुरीको लमही नगरपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्वागत गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि अधिकृत डाँगीलाई नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष र नगरपालिकाका कर्मचारीहरुले भब्य स्वागत गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै डाँगी यस अघि पनि लमही नगरपालिका मै हुनुहुन्थ्यो । उहाँ सरुवा भएर कपिलबस्तु हुँदै रुपन्देही जिल्लाको बाणगङ्गा नगरपालिकामा कार्यरत रहनु भएको थियो । धेरै जसो नगरपालिकामा आउने कार्यालय प्रमुखहरु दुई चार महिना बस्ने त्यसपछि सरुवा भएर जाने गर्दाले नगरको कामकाज त्यतिकै रोकिएको थियो ।
यस्तै अब अधिकृत डाँगी लमही नगरपालिकामा आए संगै लामोसमयदेखि रोकिएका कामकाजले तिब्रता पाउने आशा राखेको नगर प्रमुख कुल बहादुर केसीले बताउनु भयो । त्यस्तै बुधबार प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई स्वागत गर्न वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी,४ का सुबाश न्यौपाने,५ का बिम बहादुर केसी,६ का गणेशमान चौधरी वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी लगायत नगरपालिका भित्रको विषयगतका कर्मचारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी उक्त स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो समयमा हुनु पर्ने जति काम हुन् नसक्नु दुखको कुरा भएको बताउनु भयो । नगरपालिकाबाट प्रदान गरिने सेवालाई पहिलो प्राथमिकता दिने गरि अघि बढ्ने प्रतिबद्घता व्यक्त गर्नु भएको छ । सो कार्यालयबाट जनतालाई प्रदान गरिने सेवाबाट गुनासो नआउने गरि कामकाज गर्न पनि आफु मातहतमा रहेका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
त्यस्तै बजार व्यवस्थापन,ट्राफिक व्यवस्थापन जस्ता कुरालाई मध्यनजर गरेर कार्यान्वयन गर्ने डाँगीले बताउनु भयो । त्यस्तै कामकाज गर्ने समयमामा कहिँ कतै झिनामसिना कमीकमजोरी हुनु स्वाभाविक हो त्यसलाई सच्च्याएर अघि बढ्ने डाँगीको भनाई रहेकोे छ ।
