
Gisld
Mbdvs
Pbu
mbd
Sds
Anm
Rbs
Gmk
Ksm

Sbs
Wsp
nsb
Rgs
Tsm
Gst
Pvg
Bbbpu
Ksm
Hal
Rgu
Asm
Ssm
Vor
Bbu
Ggd
Rsb
Rgu
Sls

Gsb
Abd
Jmb
Syp
Mks
Ptm
Pls
Rpp
Rmb
Jmb
sab
bbt
Bml
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजपुर गाउँपालिकामा विभिन्न ९ बुदे मागसहितको ज्ञापनपत्र बुधबार पेश भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशको सचिवालय सदस्य बिष्णु खत्रीको नेतृत्वमा गएको टोलीले बुधबार राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई कार्यकक्षमै पुगेर शिक्षा सम्बन्धि विभिन्न माग भएको नौ बुदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
त्यस्तै उक्त नौ बुदे ज्ञापनपत्रको मागहरु निम्न रहेका छन् । शिक्षामा कुल बजेटको २० प्रतिशत भन्दा बढी विनियोजित गर्नु पर्ने । राज्यले घोषणा गरे बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क गरियोस् । तहगत तथा विषयगत शिक्षकको व्यवस्थापन गर्नु पर्ने । सबै प्रस्तावित विद्यालयलाई आवश्यक दरबन्दी वा शिक्षक व्यवस्थापन गरियोस् ।
त्यस्तै बुदा नम्बर ५ मा नेपाल शिक्षक महासंघ र नेपाल सरकार तथा राहत शिक्षकहरु संग गरिएको ३० बुदे माग तुरुन्त लागू गर्नु पर्ने । यस्तै बाल विकास तथा विद्यालय कर्मचारीको श्रम एनले तोके बमोजिम प्राश्रमिक वृद्धि गरि दरबन्दी सृजना संगै थायी गर्नु पर्ने । यस्तै बुदा नम्बर ७ मा द्वन्द पीडित तथा अपांग शिक्षकलाई एक उचित न्याय सहितको व्यवस्थापन शिक्षक अस्पतालको स्थापना र सामुदायिक विद्यालयमा निजी श्रोत तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोषको व्यवस्था एवं स्थायी शिक्षकको अस्थायी सेवा अबधिको गणना गर्नु पर्ने ।
त्यस्तै ८ मा उच्च स्तरीय दरबन्दी मिलान तथा पुन:र व्यवस्थापन सुझाव कार्यदलको सिफारिस अनुसार राहत अनुदान साबिक उमावि र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी व्यवस्थापन गरि स्थायी गरियोस् । यस्तै बुदा नम्बर ९ मा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक कर्मचारी तथा केन्द्रको शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दी स्थापना गरि स्थायी गर्नु पर्ने र सो पालिकामा यथाशीघ्र दरबन्दी मिलान गरि शिक्षकको व्यवस्थापन मिलाउने भनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तै प्रदेसका सबै पालिकाहरुमा शैक्षिक र पेसागत माग सहित ज्ञापन पत्र बुझाउने कार्य संगठनले गरिरहेको सचिबालय सदस्य खत्रीले बताउनु भयो । उक्त ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यमा राजपुर गाउँपालिका स्तरीय समितिका सहसचिव यज्ञबहादुर वली,सो समितिका सदस्य दिपक नेपाली,साधारण सदस्य जुड्दबहादुर कुमाल दिपेन्द्र कुमार शुक्ल रहनु भएको थियो ।
त्यस्तै उक्त ज्ञापनपत्र बुझ्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले सो ज्ञापनपत्र गाउँपालिका अध्यक्ष सामु पेश गरिने बताउनु भएको छ ।
