
Ksm
Pbu
Mbdvs
Sds
Anm
mbd
Rbs
Gmk
Gisld

Tsm
Rsb
Rgs
Sbs
Sls
Ksm
Pvg
Rgu
nsb
Asm
Ssm
Bbu
Bbbpu
Vor
Hal
Gst
Wsp
Ggd
Rgu

Abd
Gsb
Syp
Ptm
bbt
Bml
sab
Rpp
Mks
Jmb
Rmb
Pls
Jmb
दाङ । देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा फेला पारेको हो ।
त्यस्तै अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको उपस्थिति रहेको थियो । राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोला तथा नदीमा गरिएको अनुगमनका क्रममा निषेधित गरेको क्षेत्रमा जथाभावी उत्खनन गरेको र खोलाहरुमा ठुला ठुला खाडलहरु भएको अवस्थामा आफुहरुले फेला पारेको समन्वय समितिका प्रमुख नेपालीले जानकारी दिएका छन् ।
यस्तै नेपालीका अनुसार राप्तीको एक खोलामा आरके कन्ट्रक्सन तुलसीपुर १२ लेखेको रसिद समेत फेला परेको छ । खोलामा उक्त रसिद फेला परेको नेपालीले जानकारी दिएका छन् । अनुगमन पश्चात उक्त कम्पनीलाई आबश्यक कारवाही गरिने उनले बताएका छन् । रोक लगाईएको क्षेत्रमा समेत मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन भएको पाईएको छ ।
