Sidha Patra सोमबार, चैत्र २३, २०७७

दाङ । देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा फेला पारेको हो ।

त्यस्तै अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको उपस्थिति रहेको थियो । राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोला तथा नदीमा गरिएको अनुगमनका क्रममा निषेधित गरेको क्षेत्रमा जथाभावी उत्खनन गरेको र खोलाहरुमा ठुला ठुला खाडलहरु भएको अवस्थामा आफुहरुले फेला पारेको समन्वय समितिका प्रमुख नेपालीले जानकारी दिएका छन् ।

यस्तै नेपालीका अनुसार राप्तीको एक खोलामा आरके कन्ट्रक्सन तुलसीपुर १२ लेखेको रसिद समेत फेला परेको छ । खोलामा उक्त रसिद फेला परेको नेपालीले जानकारी दिएका छन् । अनुगमन पश्चात उक्त कम्पनीलाई आबश्यक कारवाही गरिने उनले बताएका छन् । रोक लगाईएको क्षेत्रमा समेत मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन भएको पाईएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]