
Ggp
Pbu
Ses
Srbpu
Djs
Gfs
Sgr
Pes
Unsku
cjs
pku
Rgp1
Rgp
Lnp

Sls
Rsb
Pvg
Ksm
Asm
Wsp
Rgs
Rgu
Sbs
Gst
Ggd
Vor
Bbbpu
Bbu
nsb
Hal
Ssm
Tsm
Rgu

Abd
Bml
bbt
Jmb
Pls
Syp
Rmb
sab
Gsb
Jmb
Ptm
Mks
Rpp
दाङ । देउखुरीको लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक बिषयगत समितिबाट राजिनामा दिएका छन् ।
बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्ष हरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् ।
डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी चोरढोकाबाट हाजिर गराएको उनिहरुको आरोप छ ।
लमही नगरपालिकाको कुनैपनि गतिबिधी तथा बैठकहरुमा समाबेस नहुने गरि उनिहरुले मेयर कुलबहादुर केसीलाई राजिनामा पत्र हस्तान्तरण गरेका हुन् । लमही नगर कार्यपालिकाले गठन गरेको बिषयगत विभिन्न समिति हरुमा नरहने गरि राजिनामा दिएको वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले बताए । “कार्यपालिकाको बिषयगत समितिका जिम्बेवारीमा अब रहँदैनौ, ३ दिन सम्म धर्नामा बस्दापनि ब्यवास्ता गरियो चौधरीले भने-यसको जिम्वेवार मेयर, उपमेयर र केही वडाध्यक्ष हुनुपर्छ ।”
राजिनामा दिने वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी कार्यपालिकाको बिषयगत सामाजिक बिकाश समितिको सँयोजक सहित अन्य ४ समितिमा सदस्यको जिम्बेवारीमा थिए । त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरी वातावरण तथा बिपद ब्यबस्थापन समितिको सँयोजक, वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी ५ समितिमा सदस्य, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल बिधेयक समितिको सँयोजक र वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी सार्बजनिक सेवा तथा क्षमता बिकाश समितिको सँयोजकको जिम्बेवारीमा थिए । अन्य ७ जना कार्यपालिका सदस्यहरु पनि विभिन्न समितिहरुमा सदस्यको जिम्बेवारमा थिए ।
बाणगँगा नगरपालिका कपिलबस्तु बाट यही चैत्र १७ गते रमाना लिएर आएका बिबादित कार्यकारी डाँगीलाई लुकिछिपि १८ गते नै लमही नगरपालिकामा हाजिर गराएको रहस्य बाहिर आएको छ । जुन हाजिर भएको जानकारी पत्रमा डाँगीको आफ्नै हस्ताक्षर छ ।
कार्यकारी डाँगी लमही नगरमा सरुवा भएर आउन थालेको खबर पाए लगत्तै ५ वडाध्यक्ष सहित ७ सदस्यहरु ३ दिनसम्म नगरपालिकाको मुलगेट मै धर्नामा थिए । उनलाई नगरपालिकामा हाजिर हुन नदिएर बहिस्कार गर्ने भन्दै धर्नामा बस्नुपरेको वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । यो भन्दा पहिले नै बिबादमा मुछिएका कार्यकारीलाई कुनैपनि हालतमा लमही नगरमा हाजिर हुन नदिने उनिहरुको धारणा थियो । तर, आफुहरुको धर्ना कार्यक्रमलाई ब्यवास्ता गरी लुकिछिपि हाजिर गराएको आरोपमा राजिनामा दिनुपरेको वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले बताए ।
उता मेयर कुल बहादुर केसीले आर्थिक बर्षको मसान्त नजिकिँदै गर्दा बिकाशमा अबरोध हुनेगरी कार्यकारीलाई बहिस्कार गर्न खोज्नु जायज नभएको धारणा राखे । नेपाल सरकारका कर्मचारी आउने जाने क्रम चलिरहने जनाउँदै मेयर केसीले मन्त्रालयबाट सरुवा भएर आउने कर्मचारीलाई हाजिर हुनबाट बञ्चित गर्न नहुने बताए । “हामी आर्थिक बर्षको मसान्तको नजिकमा छौँ, धेरै बिकाशका कामहरु रोकिएका छन, यस्तो प्रस्थितिमा कार्यकारीलाई आउन नदिनु भनेको आफै लज्जित हुनु हो मेयर केसीले भने-भोलि जनप्रतिनिधिले कामनै गर्न सकेनन् भन्ने आक्षप लाग्न सक्छ, फेरि अन्तिम स्थितिमा अर्को कार्यकारी खोज्नुपनि त समस्या छ ।”
बिकाशमा अबरोध नहुने गरि चालू आर्थिक बर्षका कामहरु आईसकेका कार्यकारी बाटै गराउने मेयर केसीको धारणा छ । असार सम्म हेरौँ, पछि बिकल्प सोचौँला भनेर सम्झाउने प्रयास गरिरहेको छु, यसको लागि तत्काल छलफल बोलाउने तयारीमा पनि छु मेयर केसीले भने । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी यो भन्दा पहिले लमही नगरमा रहँदा अत्यधिक बिबादमा मुछिएका थिए । उनका बिरुद्द नगर कार्यपालिकाका १९ जना सदस्य मध्य १६ जना सदस्य र नगरसभाका ५० जनामध्य ४७ जनाले हस्ताक्षर गरि बिरोध जनाएका थिए । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत पेन डाउन गर्दै चरणबद्द आन्दोलन गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत डाँगीलाई नोकरलाही, सामन्ती हैकमबाद, कार्यशैली गलत भएको लगायतका बुँदागत रुपमा आरोप लगाईएको थियो भने विधि र पद्दतीलाई भुली २ जना कर्मचारीलाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पार्नुका साथै १ जना कर्मचारीलाई जागिरमा नरहने गरि बरखास्त गरेको आरोप समेत लागेको थियो ।
