दीपक वली/घोराही मंगलबार, भाद्र ३०, २०८३

दाङ । पेट दुख्ने समस्या देखिएपछि ‘गानो गोला’ भएको भन्दै घरेलु उपचारमा लागेका सल्यानका एक ६० वर्षीय पुरुषको अवस्था गम्भीर बनेको थियो । पेटभित्र आन्द्रा फुटिसकेको अवस्थामा अस्पताल पुगेका उनको संजीवनी शिक्षण अस्पताल घोराहीमा चिकित्सकको तत्काल पहलमा सफल शल्यक्रिया गरिएको छ ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय प्रेमबहादुर वलीलाई भदौ १८ गते अचानक पेट दुख्यो । पेटमा गानो गोला गएको हुनसक्ने अनुमान गर्दै उनले तत्काल अस्पताल गएनन् । बरु घरमै घरेलु उपचार सुरु गरे ।

घरेलु उपचारका क्रममा उनले तामाको बेलामा आगो बालेर पेट तान्ने विधिसमेत अपनाए । तर त्यसबाट दुखाइ कम भएन । अवस्था झन् गम्भीर बन्दै गएपछि उनि भदौ १९ गते उपचारका लागि घोराही स्थित संजीवनी शिक्षण अस्पताल पुगे ।अस्पताल पुग्दा वलीको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो । अस्पतालका अनुसार उनको रक्तचाप शून्य अवस्थामा पुगेको थियो । त्यसपछि अस्पतालका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. रविन आचार्यले तत्काल आवश्यक जाँच तथा परीक्षण अघि बढाए ।

जाँचका क्रममा वलीको पेटभित्रको आन्द्रा फुटेको पत्ता लाग्यो । आन्द्रा फाटेकै कारण पेटभरी दिशा फैलिएको थियो । आन्द्रा फुटेको अवस्थामा तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने देखिएपछि डा.आचार्य नेतृत्वको चिकित्सकीय टोलीले यथाशीघ्र शल्यक्रिया गर्ने निर्णय गर्‍यो । जटिल अवस्थाका बाबजुद चिकित्सकको टोलीले तत्काल शल्यक्रिया प्रक्रिया अघि बढायो । शल्यक्रिया सफल भएपछि अहिले वलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

चिकित्सक डा.रविन आचार्यका अनुसार पेट दुख्ने समस्यालाई सामान्य रुपमा लिएर घरेलु उपचारमै बस्दा भित्रभित्रै गम्भीर समस्या विकसित हुनसक्छ । त्यसैले पेट दुख्नेबित्तिकै ‘गानो गोला’ वा अन्य सामान्य समस्या भएको अनुमान गरेर घरेलु उपचार गर्नुभन्दा समयमै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ ।

त्यस्तै,यता संजीवनी शिक्षण अस्पतालले उपचार सेवाको दायरा विस्तार गर्दै विशेषज्ञ स्वास्थ्य सेवा थप गर्दै गएको जनाएको छ । अस्पतालमा हाल न्युरोलोजी र युरोलोजी सेवा सञ्चालनमा छन् भने असोज १ गतेदेखि कार्डियोलोजी सेवा पनि सुरु गर्ने तयारी गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए । अस्पतालले बिरामीलाई उपचारका लागि सहज रुपमा अस्पतालसम्म ल्याउने उद्देश्यले जिल्लाभित्र दैनिक निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत रोकाले बताए ।

प्रेमबहादुर वलीको घटनाले पेट दुख्ने जस्तो सामान्य देखिने समस्यालाई समेत बेवास्ता गर्न नहुने र घरेलु उपचारका नाममा समय खेर फाल्दा सामान्य स्वास्थ्य समस्या पनि ज्यान जोखिममा पार्ने अवस्थासम्म पुग्न सक्ने सन्देश दिएको छ । समयमै अस्पताल पुग्नु नै जीवन जोगाउने पहिलो कदम बन्न सक्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]