
Lnp
Sdc
Ggp
Ksbus
Rgp
Ksbus
Asbus
Msbus
Ggp

दाङ । भोटोकोसी नदीमा आएको बाढीबाट प्रभावित तथा परिवारका सदस्य बेपत्ता भएका गढवा गाउँपालिकाका परिवारलाई सिपि नेपालले आर्थिक सहयोग गरेको छ ।
सिपि नेपालका निर्देशक दिनेश सापकोटाका अनुसार बाढीपीडित परिवारलाई राहतस्वरूप सहयोग गरिएको हो । गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको हातबाट प्रभावित तथा बेपत्ता दीप प्रकाश चौधरी,श्याम चौधरी र ज्ञानु पुनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस गढवाका सभापति तथा समाजसेवी किरण पौडेल, गढवा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सानु चौधरी,सिपि नेपालका हेमराज शर्मा लगायतको सहभागिता रहेको थियो । संकटको समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सिपि नेपालले जनाएको छ ।
