निराजन यादव सोमबार, भाद्र २२, २०८३

दाङ । बाढीपहिरोबाट प्रभावित तथा बेपत्ता परिवारको पीडामा मलम लगाउने उद्देश्यले गढवा गाउँपालिकाका युवाहरुले सञ्चालन गरेको संयुक्त राहत अभियानबाट नगद तथा खाद्यान्न संकलन गरी पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।

त्यस्तै,‎अभियानमार्फत १ लाख ५ हजार ७० नगदसहित ठूलो परिमाणमा खाद्यान्न संकलन गरिएको हो । संकलित राहत रकम तथा खाद्यान्न मध्य बेपत्ता दीप प्रकाश चौधरी,श्याम चौधरी र ज्ञानु पुनका परिवारलाई नगद तथा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको अभियानमा संलग्न युवाहरुले बताएका छन् ।

‎बाँकी रहेको ५० हजार ७० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, संकलित बाँकी खाद्यान्न बाढीपीडित क्षेत्रमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

‎विपदको कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न गढवा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासी, युवाहरु तथा सहयोगी मन भएका व्यक्तिहरु एकजुट भएका हुन् । अभियानमा पालिकावासीले आर्थिक सहयोगसँगै खाद्यान्न उपलब्ध गराउँदै सक्रिय सहभागिता जनाएका थिए ।

‎राहत अभियानले विपदका बेला सामाजिक एकता, सहकार्य र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ । युवाहरुको सक्रियतामा सञ्चालन भएको यस अभियानले ‘दुःखमा साथ दिनु नै मानवता हो’ भन्ने सन्देशसमेत दिएको छ ।

त्यस्तै,‎अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण वडावासी,युवाहरु तथा राहत सामग्री ढुवानी र व्यवस्थापनमा सहजीकरण गर्ने सामजसेवि युवा नेता प्रशान्त डिसि लगायत सम्पूर्ण सहयोगीहरूप्रति अभियानकर्ताहरूले हार्दिक आभार व्यक्त गरेका छन् । ‎विपदको समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक रुपमा पीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको बताउँदै अभियानकर्ताहरूले आगामी दिनमा पनि मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]