
Msbus
Rgp
Ksbus
Ggp
Lnp
Ksbus
Sdc
Ggp
Asbus

दाङ । देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २७ गते हुने भनिएको निर्वाचनका लागि सोमबार भएको उम्मेदवारको अन्तिम नामावलीमा सवै पदमा एकल उम्मेदवारी परेपछि अध्यक्ष ईश्वर प्रकाश श्रेष्ठ सहित सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक शिव वलीका अनुसार तोकिएको समयसम्म प्रत्येक पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरुलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, उपाध्यक्ष महिलामा मेनका केसी,उपाध्यक्ष उद्योगमा डिल्लीराज खनाल,उपाध्यक्ष वाणिज्यमा विष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी महासचिवमा सुदिप पाण्डेय,कोषाध्यक्षमा अन्जुल अली, सचिवमा बुद्धिराम भुसाल र सह–कोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्य उद्योगमा डिल्लीराज अधिकारी, सदस्य वाणिज्यमा सुन्दर केसी र थम्मन चौधरी, सदस्य महिलामा राधा खनाल र एलिजा गुरुङ तथा खिमलाल खनाल, राकेश चौधरी, विस्नी कुमारी बस्नेत, झपेन्द्र बहादुर वली क्षेत्री र सुनील मन्त्री खुला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै आगामी निर्वाचन तथा सपथ ग्रहण कार्यक्रम सम्बन्धी थप जानकारी कार्यालयबाट अर्को सूचना जारी गरी जानकारी गराइने जनाएको छ।
निर्विरोध निर्वाचित भएका उम्मेदवार तथा पद
