
Ggp
Ksbus
Ksbus
Sdc
Asbus
Ggp
Msbus
Rgp
Lnp

काठमाडौँ । नेपाली काङ्ग्रेसले गत भदौ १० गते रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सोमबार आज नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बाढी र पहिरोले पुर्याएको ठुलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै काङ्ग्रेसले पुनर्स्थापना कार्यमा सघाउन यो रकम उपलब्ध गराएको हो ।
अर्थमन्त्रीलाई चेक बुझाउने टोलीमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे,प्रमुख सचेतक वासना थापा रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विनाशकारी बाढी र पहिरोका कारण रसुवा र नुवाकोटका विभिन्न बस्तीहरुमा ठुलो क्षति समेत पुगेको थियो ।
