
Asbus
Ggp
Ksbus
Sdc
Lnp
Ksbus
Rgp
Msbus
Ggp

दाङ । देउखुरी पब्लिक स्कुलद्वारा सञ्चालित तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
लमही-६,देउपुर स्थित सो विद्यालयका तेक्वान्दो प्रशिक्षक कुविर गिरीको सभापतित्व तथा देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जुनियर बेल्ट ग्रेडिङका प्रमुख प्रशिक्षकका रुपमा तेक्वान्दो प्रशिक्षक ऋषिराज चौधरी रहेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी,अभिभावक तथा तेक्वान्दो खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै,सो ग्रेडिङ कार्यक्रममा विद्यार्थीहरुले आफ्नो स्तर अनुसार विभिन्न तेक्वान्दो सीप तथा कला प्रदर्शन गरेका थिए ।
