
Ggp
Rgp
Asbus
Msbus
Ksbus
Lnp
Ggp
Ksbus
Sdc

प्यूठान । प्युठानको काईया राष्ट्रिय वनमा ९ थान भरुवा बन्दुक फेला परेको छ । नौबहिनी गाउँपालिका वडा नम्बर ३, सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै,प्रहरीका अनुसार स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान नाल र थप ३ थान भरुवा बन्दुक गरी जम्मा ९ थान अवैध हतियार फेला परेको हो ।
उक्त फेला परेका सबै हतियार नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
