Sidha Patra शुक्रबार, भाद्र १९, २०८३

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरुले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।

ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र भजन कीर्तन गरिँदै छ ।

त्यस्तै,यस दिन विशेष गरी महिला तथा पुरुषहरु ‘व्रत’ बस्ने र रातभर जाग्राम बसेर भगवान्को भक्ति गर्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहन र सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा पाण्डव पुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भागवतगीता’ हो । विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको मानिने यो ग्रन्थले कर्मको महत्त्वलाई दर्शाएको छ । बाल्यकालदेखि नै अनेकौँ लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

त्यस्तै,यस विशेष अवसरमा ललितपुरको पाटन मङ्गलबजार स्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यस्तै, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामका साथै देशभरका साना–ठुला श्रीकृष्ण मन्दिरहरुमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

धार्मिक सङ्घसंस्थाहरुले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी समेत गरेका छन् । जन्माष्टमी पर्वकै अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]