शिबु खनाल/लमही बुधबार, भाद्र १७, २०८३

दाङ । गत भदौ १० गते भोटेकोशीमा आएको अविरल वर्षासँगै लेदो र बाढीको एक्कासी लेदो सहितको भेल उर्लिँदा हाइड्रोपावरको टनेलभित्र काम गरिरहेका ३१ जना कामदारको जीवन संकटमा पर्‍यो ।

बाँके,बर्दिया,कैलाली र कञ्चनपुरबाट रोजगारीका लागि भोटेकोशी पुगेका उनिहरु बाढी र पहिरोका कारण टनेलभित्रै थुनिए । एक्कासी आएको विपत्तिले टनेलभित्र रहेका कामदारहरुमा त्रास फैलियो । केही कामदारहरु भने ज्यान जोगाउन पहाडतर्फ चढेर सुरक्षित स्थानमा पुग्न सफल भए । उद्धारको पर्खाइमा रहेका उनिहरुलाई भदौ ११ गते कम्पनीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गर्‍यो । उद्धारपछि पनि उनिहरुको यात्रा सहज थिएन । विपत्तिबाट जोगिएर घर फर्किने क्रममा रहेका उनिहरुलाई दाङको लमहीमा भने स्थानीय कलाकार अनुप बुढा मगरले आत्मीय साथ दिए ।

दाङ देउखुरीका चर्चित कलाकार, मोडल तथा उद्घोषक अनुप बुढाले बाढीका कारण हाइड्रोपावर टनेलबाट उद्धार गरिएका बाँके,बर्दिया, कैलाली र कञ्चनपुरका ३१ जनालाई लमहीमा खाना खुवाएर उनिहरुलाई गन्तव्यतर्फ पठाएका हुन् । लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर निवासी बुढाले बुधबार लमही स्थित न्यु लुम्बिनी होटलमा ३१ जनाको समूहलाई खाना खुवाएका हुन् । विपत्तिमा परेका नागरिकलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले उनीहरुलाई सम्पर्कमा ल्याएर खाना खुवाएको बुढाको भनाइ छ ।

बाँके,बर्दिया,कैलाली र कञ्चनपुर मेरो लागि केवल कार्यक्रम गर्ने ठाउँ होइन,आफ्नै घरजस्तो लाग्छ । त्यहाँका मानिसहरु पनि आफ्नै परिवारका सदस्यजस्तै लाग्छन्,अनुप बुढा मगरले भने,–। उहाँहरु विपत्तिमा परेको खबर पाएपछि उहाँहरुलाई भेटेर अवस्था बुझ्न र सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले लमहीमा खाना खुवाएर उहाँहरुलाई गन्तव्यसम्म पठाएको हुँ । कलाकारितासँगै सामाजिक सेवामा पनि सक्रिय बुढा विशेषगरी थारु कला र संस्कृतिसँग नजिक छन् । छोटो समयमै बाँके,बर्दिया, कैलाली र कञ्चनपुरका दर्शक तथा स्थानीयमाझ लोकप्रिय बनेका उनी कार्यक्रमको सिलसिलामा ती जिल्लाहरुमा निरन्तर पुगिरहन्छन् ।

त्यसैले ती जिल्लाका नागरिक विपत्तिमा परेको खबरले आफूलाई भावुक बनाएको उनको भनाइ छ । म सधैँ कार्यक्रमका लागि बाँके, बर्दिया,कैलाली र कञ्चनपुर पुगिरहेको हुन्छु । त्यहाँका मानिसहरुले मलाई कलाकारका रुपमा माया र सम्मान दिनुभएको छ, उनले भने,–। उहाँहरुलाई समस्या पर्दा चुप लागेर बस्न मन लागेन । विपत्तिमा परेका बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि पीडितलाई आफ्नो मान्छे साथमा भएको अनुभूति दिन्छ ।

अर्को जुनी पाएँ जस्तो लाग्यो

बार बर्दिया नगरपालिका वडानम्बर १, जमुनियाका सन्तोषकुमार चौधरीले आफू टनेलभित्र काम गरिरहेका बेला एक्कासी लेदो र बाढी आएको बताए । अप्रत्याशित रुपमा आएको बाढीका कारण ज्यान जोगाउने अवस्था निकै कठिन बनेको उनको भनाइ छ । उनले यस्तो ठूलो विपत्तिबाट बाँचेर सकुशल उद्धार हुन पाउँदा आफूले नयाँ जीवन पाएको अनुभूति गरेको बताए । टनेलभित्र काम गरिरहेका बेला एक्कासी लेदोसहितको बाढी आयो । अवस्था निकै डर लाग्दो थियो । त्यस्तो विपत्तिबाट बाँच्न सफल भएर अहिले घर फर्किन पाउँदा अर्को जुनी पाएजस्तो लागेको छ,चौधरीले भने ।

उनका अनुसार कम्पनीको सहयोगमा निजी हेलिकप्टरमार्फत उद्धार भएपछि मात्रै आफूहरु सुरक्षित हुन सकेका हुन् । विपत्तिको समयमा आफूहरुको समस्याबारे सम्बन्धित नेता तथा मन्त्रीबाट अपेक्षित चासो नपाएको उनको गुनासो पनि छ । सेनाको ब्यारेकसम्म पुर्‍याइए बिरबल बार बर्दिया नगरपालिका वडा नम्बर २ ढुङ्गरही निवासी वीरबल थारुपनि बाढीका कारण टनेलभित्र पहिरोमा थुनिएका थिए ।

उनले भदौ ११ गते मात्रै कम्पनीको सहयोगमा हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको बताए । उद्धारपछि आफूहरुलाई नेपाली सेनाको ब्यारेकमा पुर्‍याइएको उनले जानकारी दिए । बाढी र पहिरोको त्रासदीबाट जोगिएर घर फर्किने क्रममा रहेका ३१ जना कामदारका लागि लमहीमा गरिएको खाना सहयोगले उनिहरुलाई केही राहत दिएको छ । विपत्तिले उनिहरुलाई घरबाट टाढा पुर्‍याए पनि लमहीमा कलाकार अनुप बुढाले देखाएको आत्मीयताले केही समयका लागि भए पनि उनीहरुलाई आफ्नै परिवारबीच रहेको अनुभूति दिलाएको छ ।

अनुप बुढाका लागि यो केवल खाना खुवाउने कार्यक्रम थिएन । आफूलाई माया गर्ने दर्शक तथा नागरिकहरु समस्यामा पर्दा उनीहरुप्रति मानवीय दायित्व पूरा गर्ने एउटा सानो प्रयास थियो ।कलाकार भएपछि दर्शकको माया पाउनु मात्रै ठूलो कुरा होइन । दर्शक र नागरिकलाई अप्ठ्यारो पर्दा उहाँहरुको साथमा उभिन सक्नु पनि हाम्रो जिम्मेवारी हो, बुढाले भने,–। मैले ठूलो काम गरेको होइन,आफ्नो परिवारका सदस्यलाई परेको दुःखमा सकेको सहयोग गरेको मात्रै हुँ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]