Sidha Patra बुधबार, भाद्र १७, २०८३

दाङ । देउखुरीको लमही नगरपालिका–८ मा सञ्चालित राप्ती फिड इण्डष्ट्रिज प्रालिले भोटेकोसी क्षेत्रका बाढी तथा पहिरोपीडित परिवारको उद्धार र राहतका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

प्राकृतिक विपत्तिको चपेटामा परेर सर्वस्व गुमाएका र खुल्ला आकाशमुनि कष्टकर जीवन बिताउन बाध्य नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले उद्योगले यो मानवीय सहायता हात बढाएको हो ।प्रालिका अध्यक्ष लिलाराम खनालले विपदको यो महासंकटमा प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तत्काल खाद्यान्न,अस्थायी आवास र स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर यो सानो प्रयास गरिएको जानकारी दिए । उनले भने, “प्राकृतिक प्रकोपको अगाडि कसैको केही लाग्दैन, तर यस्तो कठिन घडीमा एकअर्काको सहारा बन्नु नै सच्चा मानवता हो।”

तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको पहिरोका कारण सो क्षेत्रका सयौँ परिवार घरबारविहीन भएका छन् । आफ्नो जन्मभूमि र कडा मिहिनेतले कमाएको सम्पत्ति आँखाकै अगाडि बगेको हेर्न विवश पीडितहरु अहिले रोदन र छटपटीमा छन् ।

यस्तो हृदयविदारक समयमा उनीहरुको पीडालाई थोरै भए पनि कम गर्न र “तपाईंहरु एक्लो हुनुहुन्न” भन्ने सन्देश दिन देशभरीका मनकारी हातहरु जुट्ने क्रम चलिरहेको छ । विभिन्न संघ-संस्था र नागरिक स्तरबाट पनि प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने र आर्थिक सहयोग संकलन गर्ने कार्य तीव्र पारिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]