दशरथ घिमिरे मंगलबार, भाद्र १६, २०८३

दाङ । नेपाली काङ्ग्रेस लमही नगरकार्यसमितिमा आबद्ध रहेका युवाहरुको एक समूहले भोटेकोशी क्षेत्रका बाढीपीडित नागरिकहरुको राहत तथा उद्धारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले युवाहरुले स्वस्फूर्त रुपमा रकम संकलन गरेका हुन् । युवाहरुको समूहले संकलन गरेको कुल ५१ हजार ५ सय ५५ रुपैयाँ काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । उक्त सहयोग रकम नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा पठाइने र केन्द्रीय कार्यालय मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने जानकारी दिइएको छ ।

नेपाली काङ्ग्रेस लमही नगरपालिकाका नगर सभापति सन्तोष बुढाथोकीका अनुसार प्राकृतिक विपत्तिको यस कठिन समयमा पीडित नागरिकहरुलाई थोरै भएपनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले युवाहरुले यो अभियान चलाएका हुन् । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरुको उद्धार र पुनर्स्थापनाका लागि युवाहरुले चालेको यो कदम निकै प्रशंसनीय रहेको स्थानीय नेताहरुले बताएका छन् । संकलित रकमले बाढीपीडितहरुको राहत तथा उद्धार कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]