
Lnp
Ggp
Ggp
Asbus
Ksbus
Sdc
Ksbus
Rgp
Msbus


दाङ । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङमा सञ्चालित गोरखा ग्रुप अन्तर्गतका विभिन्न विद्यालय,कलेज तथा अस्पतालले १० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
गोरखा समूहअन्तर्गतका विभिन्न संस्था, शिक्षक तथा कर्मचारीबाट संकलित कुल १० लाख १ हजार १४७ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।
सहयोग रकममध्ये गोरखा स्कुल,घोराहीबाट २ लाख ५३ हजार,गोरखा स्कुल तुलसीपुरबाट २ लाख ३१ हजार ४४५,गोरखा स्कुल लमहीबाट १ लाख ५६ हजार र गोरखा स्कुल, लालमटियाबाट ७९ हजार सहयोग गरिएको छ ।
त्यस्तै,गोरखा रेसिडेन्सियल स्कुलबाट ४५ हजार १३३,भिक्टोरिया कलेजबाट ५० हजार ४५८, गोरखा मोडल कलेजबाट ५० हजार तथा स्वर्णिम देवखुरी कलेजबाट ३५ हजार सहयोग गरिएको छ । यसैगरी गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १११ सहयोग गरिएको छ ।
