Sidha Patra मंगलबार, भाद्र १६, २०८३

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव तीव्र भएसँगै आज अधिकांश प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशभर मौसममा पूर्ण बदली रही वर्षा भइरहेको छ । अहिले बिहान कोशी र बागमती प्रदेशका केही स्थानहरू,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोको मौसम:पहाड र तराई दुवैतिर वर्षा

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरू तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित वर्षा हुने देखिन्छ। विशेष गरी देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिको मौसम:तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

यस्तै,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र विभिन्न प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

सतर्कता अपनाउन अनुरोध

पहाडी भूभागमा भारी वर्षाका कारण भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहने र तराई क्षेत्रमा आकस्मिक बहाव तथा डुबानको खतरा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]