ओमप्रकाश गुप्ता आइतबार, भाद्र १४, २०८३

दाङ । आशाका किरण संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिबार देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले समाज परिवर्तन र सेवामूलक कार्यलाई प्रभावकारी बनाउन सीप तथा सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्ने बताएका छन् ।

त्यस्तै,उनले आशाका किरण संस्था परिणाममुखी ढंगले अघि बढिरहेको उल्लेख गर्दै संस्थाले आफ्नो सेवाको दायरा अझ फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले समाज सेवाको अर्थ केवल आर्थिक सहयोगमा सीमित नरहेको स्पष्ट पार्दै मानिसको जीवनमा उपयोगी र दीर्घकालीन परिवर्तन ल्याउन सक्नु नै वास्तविक समाज सेवा भएको बताए। “सेवालाई आर्थिक सहयोगसँग मात्र जोड्नु हुँदैन। कसैको जीवनमा उपयोगी बन्न सक्नु र आवश्यक परेको समयमा साथ दिन सक्नु नै महत्वपूर्ण कुरा हो,” उनले भने ।

अध्यक्ष विष्टले संस्थाले हालसम्म समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि स्थानीय सरकार र आशाका किरण संस्थाबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय तह, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यबाट मात्रै समाजमा दिगो परिवर्तन सम्भव हुने उनको भनाइ थियो । उनले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई सही क्षेत्रमा परिचालन गर्न सके समाज विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । युवालाई अवसर र जिम्मेवारी दिएर सामाजिक अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संस्थाले यस क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

साधारणसभामा संस्थाका महासचिव लोकमणी भुसालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाले स्थापना भएदेखि विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा गर्दै आएको गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाका विषयमा जानकारी गराएका थिए । त्यसैगरी कोषाध्यक्ष ममता गिरीले आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आम्दानी, खर्च तथा आर्थिक अवस्थाबारे सभालाई जानकारी गराइन् ।

कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न गतिविधि तथा संस्थाको उद्देश्य, यात्रा र सामाजिक योगदान समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । वृत्तचित्र मार्फत संस्थाले समुदायमा पुर्‍याउँदै आएको सेवा, संस्थाका गतिविधि तथा सामाजिक अभियानमा गरेको योगदानलाई उजागर गरिएको थियो ।

संस्थाकी सदस्य सिर्जना खड्काको स्वागत मन्तव्य तथा सदस्य सोनिया रोका मगरको स्वागत गीतबाट सुरू भएको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन समारोहमा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकार तथा उद्योगपति जगतप्रसाद पोख्रेल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरी,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, रोटरी क्लब अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, सल्लाहकार दिलिप भुसाल, समाजसेवी महेश बेल्वासे तथा नवप्रवेशी सदस्य बासुदेव खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बोल्जे वक्ताहरुले संस्थाले आगामी दिनमा समाजका वास्तविक आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षा, स्वास्थ्य,सीप विकास,महिला तथा युवा सशक्तीकरण,विपन्न तथा पछाडि परेका समुदायको सहयोग लगायतका क्षेत्रमा संस्थाले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको थियो ।
स्थानीय सरकार,निजी क्षेत्र, सामाजिक संघसंस्था, सञ्चार क्षेत्र तथा समुदायबीच सहकार्य बढाउन सके सामाजिक विकासका अभियानलाई थप प्रभावकारी बनाउन सकिने सहभागीहरूको धारणा थियो । विशेषगरी युवाको सीप र सिर्जनशीलतालाई सामाजिक सेवामा उपयोग गर्न सके समुदायको विकाससँगै नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वको भावना विकास हुनेमा जोड दिइएको थियो ।

साधारणसभाको अवसरमा संस्थामा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण केसी,उनका आमा पुण्यवती केसी, संस्थाका सल्लाहकार भानुभक्त पन्त तथा उनका आमा तुलसा कुमारी पन्त,निवर्तमान अध्यक्ष अशोक बेल्बासे तथा उनका बुबा महेश बेल्बासे, गुराँस फार्मेसीका संचालक कृष्ण श्रेष्ठ र सल्लाहकार दिलिप भुसाललाई सम्मान गरिएको हो । त्यसैगरी संस्थाका प्रेस संयोजक तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता र संस्थाकी सचिव पवित्रा विश्वकर्मालाई संस्थामा पुर्‍याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

साधारणसभामा संस्थामा नयाँ प्रवेश गरेका सदस्यहरुलाई पनि औपचारिक रुपमा स्वागत गरिएको थियो । नयाँ सदस्यहरु रामु सुनाम,अस्मिता विश्वकर्मा,बासुदेव खनाल,विष्णु खनाल र दिपक शर्मालाई टीका लगाएर संस्थामा स्वागत गरिएको थियो । नयाँ सदस्यहरूको प्रवेशसँगै संस्थाको अभियानलाई थप विस्तार र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव पवित्रा विश्वकर्मा र सहकोषाध्यक्ष शिवराज भुसालले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]