
Ksbus
Sdc
Asbus
Ksbus
Msbus
Ggp
Lnp
Rgp
Ggp


काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा गत हप्ताको बुधबार आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ ।
प्राधिकरणको रिपोर्ट अनुसार चितवनबाट २५९ जना, नवलपरासी पूर्वबाट १८४ जना,नवलपरासी पश्चिमबाट ८२ जना,गोरखाबाट ५८ जना,नुवाकोटबाट ५२ जना,धादिङबाट ५० जना, तनहुँबाट ३६ जना,रसुवाबाट १३ जना गरि ७३४ जनाको हालसम्म शव फेला परेको हो ।
त्यस्तै,बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन् ।
यस्तै,सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
त्यस्तै,विपदपछि उद्धारका लागि देशभर १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन् । हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ ।
