
Ksbus
Ksbus
Rgp
Ggp
Sdc
Asbus
Ggp
Lnp
Msbus


दाङ । गुरुकुल एकेडेमीले रसुवाल गायत विपद्बाट प्रभावित नागरिकको राहत,उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ ।
गुरुकुल एकेडेमीका घोराही,तुलसीपुर र लमही शाखाले संयुक्त रुपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । विपदका कारण प्रभावित नागरिकको पीडामा साथ दिँदै तत्काल राहत तथा आगामी पुनर्निर्माणका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत रुपमा सहयोग गरिएको एकेडेमीले जनाएको हो ।
शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रयाससँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको गुरुकुलले विपदको समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ । मानवीय संवेदना र सामाजिक जिम्मेवारीलाई आत्मसात् गर्दै राहत कोषमा योगदान गरिएको एकेडेमीको भनाइ छ ।
गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले समाजप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताए । उनले ‘समाजसँग गुरुकुल’ भन्ने संस्थाको मूल भावनालाई व्यवहारमै रूपान्तरण गर्दै विपद्मा परेका नागरिकको दुःखमा साथ दिने प्रयासस्वरूप रकम सहयोग गरिएको जानकारी दिए ।
“विपदका बेला पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व हो । शिक्षण संस्थाले शैक्षिक गतिविधिसँगै समाजप्रतिको जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने मान्यता अनुसार यो सहयोग गरिएको हो,”प्रधानाध्यापक राजभण्डारीले भने । गुरुकुल एकेडेमीका घोराही,तुलसीपुर र लमहीमा शाखा सञ्चालनमा छन् । तीनवटै शाखाको संयुक्त पहलमा गरिएको यस सहयोगले विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही भएपनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै,एकेडेमीले शिक्षा,सामाजिक सेवा तथा मानवीय क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि विपद तथा संकटका समयमा प्रभावित समुदायको सहयोगका लागि आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गुरुकुलले जनाएको छ । शिक्षा केवल कक्षाकोठामा सीमित नभई समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदनासँग जोडिनुपर्छ भन्ने सन्देश सहित गुरुकुलको यो पहलले विपद परेका नागरिकप्रति ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।
