
cjs
Gfs
Pbu
Unsku
Ses
Srbpu
Rgp
Djs
Lnp
Rgp1
Pes
pku
Ggp
Sgr

Bbu
Sbs
Sls
Wsp
Rgs
Rgu
Ggd
Asm
nsb
Bbbpu
Rsb
Pvg
Rgu
Gst
Vor
Hal
Tsm
Ksm
Ssm

Rpp
bbt
Bml
Gsb
Abd
Syp
Jmb
Ptm
Pls
Rmb
sab
Jmb
Mks
काठमाडौँ। विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा उठाइएका विषय गम्भीर प्रकृतिको संवैधानिक विवाद भएको उल्लेख गरी ती रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने गरी मंगलबार आदेश गरेको हो ।
त्यस्तै सो आदेशपछि ती रिट निवेदनहरु अब पूर्ण इजलासले सुनुवाइ गर्नेछ । गत माघ पाँच गते विभिन्न संवैधानिक निकायहरुमा ३८ जना पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । सोबमोजिम नियुक्त भई ती पदाधिकारीले कार्यसमेत गरिसकेका छन् । नियुक्ति गैरसंवैधानिक भएको दाबी गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सो रिट निवेदन माथि सुुनुवाइ भएपछि त्यसलाई पूर्ण इजलासले हेर्नुपर्ने गरी आदेश भएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
