ओमप्रकाश गुप्ता बुधबार, भाद्र १०, २०८३

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।

पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला,कानून,उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो ।

मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे,राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नविन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी प्रदेशमा कृयासिल १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो ।

पत्रकारिता पेशामा समाचार संकलन,स्थलगत रिपोर्टिङ तथा विपद्, दुर्घटना र जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले सम्भावित दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । बीमाले पत्रकारलाई पेशागत कार्यका क्रममा हुन सक्ने दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै,सम्झौताअनुसार बीमित पत्रकारले दुर्घटनाबाट क्षति व्यहोरेको अवस्थामा तोकिएको बीमा रकम तथा प्रचलित बीमा व्यवस्थाअनुसारको सुविधा प्राप्त गर्नेछन् । प्रदेश सरकारले पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]