
Lnp
Ggp
Ggp
Ksbus
Ksbus
Msbus
Asbus
Rgp
Sdc


दाङ । देउखुरीको लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिक विकास क्षेत्रको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संस्थाको अध्यक्षमा मेघराज पछाई निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका सदस्य यमबहादुर बस्नेतका अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा पछाईले ३२० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रवीन्द्र खत्रीले २३९ मत प्राप्त गरे । पछाई ८१ मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै,उपाध्यक्ष पदमा सुनिल डिसी र सचिव पदमा सन्तोषकुमार विक निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा डिसीले ३१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी सूर्यलाल यादवले २३९ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिव पदमा विकले ३१८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी ज्ञानराज नेपालीले २३८ मत प्राप्त गरेका थिए ।
प्यानलगत प्रतिस्पर्धा र अन्य पदाधिकारीहरू निर्वाचनमा खत्री,यादव र नेपाली सहितको टोली ‘कमल फूल’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको थियो भने पछाई, डिसी र विकको टोली ‘मयूरपंक्षी जडित बाँसुरी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा होमिएको थियो । पराजित उम्मेदवार खत्री यसअघि तीन वर्षसम्म धार्मिक समितिको नेतृत्व गरिसकेका उनका आफ्ना पुरानै प्रतिस्पर्धी पछाईसँग पराजित भएका हुन् ।
अधिवेशनकै क्रममा सहसचिवमा पहल सिंह पुन, कोषाध्यक्षमा पुष्पा यादव र सदस्यहरूमा मोहन यादव, अम्मर यादव, रमा बस्नेत, चन्द्रकला वली शाह तथा मीना पौडेल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । तर अध्यक्ष,उपाध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको हो ।
नव निर्वाचित पछाई, डिसी र विक नेपाली कांग्रेस निकट हुन् भने उनिहरूलाई अन्य राजनीतिक दलहरूको पनि सहयोग रहेको बताइएको छ ।
