
Msbus
Ggp
Ksbus
Ggp
Asbus
Rgp
Sdc
Lnp
Ksbus


दाङ । २७ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्ती गाउँपालिकामा ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजनामा ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका–१ पाखापानीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बुधबार आज बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराईले जानकारी दिए ।
युवाको क्षमता, सिर्जनशीलता, नेतृत्व विकास तथा राष्ट्र निर्माणमा युवाको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाभित्रका युवाहरूको सहभागिता रहनेछ ।
युवा चेम्बर अफ कमर्सले कार्यक्रममा सहभागी भई युवाको आवाज, विचार र सिर्जनशीलतालाई प्रोत्साहन गर्न सम्पूर्ण युवाहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।
