Sidha Patra शनिबार, साउन २३, २०८३

काठमाडौँ । नेपाल  प्रहरीको नियमित गस्तीमा रहेको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु भक्तपुर, रुपन्देही,नवलपरासी पश्चिम,मकवानपुर, पाल्पा,दाङ,झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका –१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो ।

यसैगरी,मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६,चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच, झापाको अर्जुनधारा नगरपालिका –११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन, कन्काई नगरपालिका–४ कोटीहोमबाट एक, धनकुटाको पाख्रीबास नगरपालिका–५ माङमायाबाट दुई तथा बाराको महागढीमाई नगरपालिका–१० गोवास टोलबाट एक जनालाई पक्राउ गरिएको हो ।

त्यस्तै,अभियुक्तहरुबाट खैरो हेरोइन,गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद भएको छ । उनीहरु शुक्रबार र गत बिहीबार पक्राउ परेका हुन् ।रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]