Sidha Patra शुक्रबार, साउन २२, २०८३

काठमाडौं । नेपाली काङ्ग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए । उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।

जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् । उनी साउन २६ गते साँझ नेपाल फर्किने उनीनिकटका नेताहरूले जानकारी दिएका छन् ।

त्यस्तै,उनीमाथि राज्यको तर्फबाट धरपडक हुने आशंका व्यक्त गर्दै सोधिएको प्रश्नमा कोइरालाले भने, ‘उहाँमाथि धरपकड भए विरोध गर्छौं ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]