
ksbus
Sdc
Amb


दाङ । देउखुरीको राजपुर गाउँपालिका–६, गंगदी स्थित रात्री आधारभूत विद्यालयमा अनाथ तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गरी सुपानेट (झुल) र समर ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सि.पि.नेपालको आर्थिक सहयोग तथा राजपुर गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा लक्षित बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादव,शिक्षा,युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत कामना चौधरी तथा महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरीको विशेष उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक,शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले यस्ता कार्यक्रमले विद्यालयमा रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन, नियमित पठनपाठनमा सहभागी गराउन तथा समावेशी शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
