
Sdc
ksbus
Amb


काठमाडौं । राप्रपा छोडेका डा धवल शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
त्यस्तै,उनीहरुले जय नेपाल पार्टी गठन गरेका हुन् । चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी रहेको जनाइएको छ ।
दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी छ । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने छन् । राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए ।
