
Sdc
ksbus
Amb


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङ जिल्लाका १० वटै पालिकामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
बुधबार आज बसेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दाङकाे बैठकले जिल्लाको समन्वयमा दाङका १० वटै पालिकामा अन्तर्राष्ट्रिय युवा दिवस श्रावन २७ गते बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङका सभापति किरण खनालकाे सभापतित्वमा बसेकाे बैठकले रक्तदान नै जीवनदान भएकाले सबै पालिकामा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।
त्यस्तै,२७ गते हुने बृहत रक्तदान कार्यक्रममा लागि तयारी गर्न जिल्ला कमिटिले दाङका सबै पालिका कमिटीलाई आग्रह गरेकाे बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी दाङका उपसभापति निराजन थापाले जानकारी दिए ।
