Sidha Patra बुधबार, साउन २०, २०८३

दाङ । डिभिजन सिँचाइ कार्यालय तुलसीपुरका पूर्व कार्यालय प्रमुख तथा हाल सेवा निवृत्त सिनियर डिभिजन इन्जिनियर कृष्णबहादुर बिक र उनकी धर्मपत्नी लक्ष्मी बिकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ थान ह्विलचेयर सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी दम्पतीले आफ्नो सामाजिक उत्तरदायीत्व बहन गर्नेक्रममा ब्यक्तिगतरुपमा बिरामीको सहज सेवा र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोगस्वरूप ह्विलचेयर उपलब्ध गराएका हुन् ।

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई एक विभागबाट अर्को विभागमा सुरक्षित र सहज रूपमा आवतजावत गराउन सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । बुधबार आज आयोजित एक कार्यक्रममा बिक परिवारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीलाई तीन थान ह्विलचेयर हस्तान्तरण गरेका थिए । ह्विलचेयर ग्रहण गर्दै अस्पताल निर्देशक डा. रसाइलीले दम्पतीले प्रदान गरेको सहयोगले बिरामीमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै,उनले सामाजिक उत्तरदायित्वको भावनासहित गरिएको यस्तो सहयोगले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि स्वास्थ्य क्षेत्रमा योगदान गर्न प्रेरणा मिल्ने बताए । प्रतिष्ठानले सहयोगी दम्पतीप्रति आभार व्यक्त गर्दै उपलब्ध गराइएका ह्विलचेयर बिरामीको सेवामा प्रभावकारी रूपमा प्रयोग गरिने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]