
Amb
ksbus
Sdc


काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुर स्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो । विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान,नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार आज प्रदर्शन गरेका हुन् ।
त्यस्तै,उनीहरुले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने,सामाजिक सद्भाव कायम गर्नुपर्ने,सुकुम्बासी समस्या समाधान गर्नुपर्ने,वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने,१२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने,लघुवित्त,बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने लगायत माग सरकारसँग राखेका छन् ।
