Sidha Patra आइतबार, साउन १७, २०८३

काठमाडौँ । देशका विभिन्न स्थानबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । झापाको कनकाई नगरपालिका- २ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा- ८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा- ७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी,झापाको दमक नगरपालिका- ५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका- २ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका- ७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन् ।

त्यस्तै,कैलालीको टीकापुर नगरपालिका–१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय क्रिस शर्मालाई पक्राउ गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका- ९ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित टीकापुर नगरपालिका- ७ बेलुवाका ३० वर्षीय तेज बुढा पक्राउ परेका छन् ।

यस्तै,मोरङको लेटाङ नगरपालिका- २ धोबीकी २७ वर्षीया प्रमिला लामालाई ट्रामाडोल १५० ट्याब्लेट र स्पास्पेन १५० ट्याब्लेटसहित पक्राउ परेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका- १० आदर्श टोलबाट ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद रु १३ हजार ७७५ सहित पथरीशनिश्चरे नगरपालिका- १ सुन्दर बस्तीका २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिमलाई पक्राउ गरिएको छ ।

त्यस्तै,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ९ लाटिकोइलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित सोही ठाउँका २४ वर्षीय रोहित घिसिङ, सोही नगरपालिका- ४ जिरो ड्यामबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित सोही ठाउँका २८ वर्षीय लोकेन्द्रबहादुर रावल तथा वीरेन्द्रनगर नगरपालिका- २ भुरेली गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित सोही ठाउँका ३१ वर्षीय चित्र थापालाई पक्राउ गरिएको छ ।

यसैगरी,दाङको घोराही उपमहानगरपालिका- १३ सिजस्वर्ग टोलका १७ वर्षीय किशोरलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम ११० मिलिग्राम, नगद ७४ हजार र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]