
ksbus
Amb
Sdc


दाङ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा नव निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन बिहीबार आज उद्घाटन भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा भारतीय राजदूतावास,काठमाडौंका काउन्सिलर, सुश्री गीतांजली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले संयूक्तरुपमा भवन उद्घाटन गरेका हुन् ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाखमा ३८ हजार रुपैया ठेक्का सम्झौता भएको थियो । भवनमा अस्पतालको करिव थप आन्तरिक १ करोड रकम शल्यक्रिया भवन निर्माणमा लागेको अस्पतालले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका मार्फत भारतीय राजदूतावासको आर्थिक सहयोगमा सिएनएस, आरएस, भक्टोरिया जेभी बुद्धनगर काठमाडौंले २०८३ वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो । दुई तलाको भवनमा २० वटा कोठाहरु रहेका छन् ।
त्यस्तै,भवन निर्माण संगै अव आधुनिक शल्यक्रिया भवनबाट शल्यक्रिया सेवा प्रवाह हुने छ । सो अवसर भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो ।

