
ksbus
Sdc
Amb


काठमाडौं । आज नेपाल चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ ।
मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुने भएको छ ।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो । आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ ।
त्यस्तै,उक्त माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख रहेको छ । संघले यस घटनाको भत्सर्ना गरेको छ ।
यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ । संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछि तय गर्ने घोषणा समेत गरेको छ । सेवा बन्दको घोषणा गरेकोमा बिरामीहरूमा पर्न जाने असुविधाकालागि संघले क्षमा समेत मागेको छ ।
