Sidha Patra शनिबार, साउन ०९, २०८३

दाङ । यात्रुलाई बासी खाना खुवाउने एक होटेललाई जरिवाना गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया स्थित पूर्व–पश्चिम हाइवे होटेललाई २५ हजार रुपैया जरिवाना गरिएको हो ।

फ्रिजमा अस्वस्थकर, वासी खाना भण्डारण गरेको,पकाएर बनाईने खानामा कृतिम रंग प्रयोग गरेको,भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूचि नटासेको,नालीहरुमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या देखिएपछि यसरी जरिवाना गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बरालले बताए ।

त्यस्तै,उक्त होटेललाई यस अघि पनि पटक–पटक सुधार गर्न निर्देशन गरिएको भएपनि अटेर गरिएपछि शुक्रबार यसरी जरिवाना गरिएको हो । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको अनुगमन टोलीले यसरी जरिवाना गरेको हो ।

यस्तै,तोकिएको जरिवाना एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउनुकासाथै कागजपत्र समेत ल्याउन निर्देशन दिईएको छ । त्योसंगै अन्य ८ वटा होटेलहरुको समेत टोलीले अनगुमन गरेको थियो ।लाइभदाङ

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]