Sidha Patra शनिबार, साउन ०९, २०८३

मुगुमा । घरमाथिबाट पहिरो खस्दा एक जना बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन् ।

सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर जिल्लाको मुगम कार्मारोङ गाउँपालिका वडा नम्बर ५ पुलु बजारमा घरमाथि बाट झरेको पहिरोले छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवाल च्यापिएका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिराज थपलियाका अनुसार प्रहरी चौकी डोल्फुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले बालकको उद्धार गरी पुलु स्वास्थ्य चौकीमा पुर्‍याएको थियो । उनको उपचारका क्रममा बिहान पौने ५ बजे मृत्यु भएको डिएसपी थपलियाले बताए ।

पहिरोमा परी रमेशका बुवा ३२ वर्षीय जगन्नाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको तथा पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरू आफै स्वास्थ्य चौकी पुगेका थिए । प्रहरीका अनुसार बडुवालको परिवार पुलुमा घर भाडामा होटल सञ्चालन गरी बस्दै आएको थियो ।

त्यस्तै,पहिरोका कारण घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । जोखिमका कारण अन्य ८ घर परिवारका स्थानीयलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको छ । उनीहरु आफन्तको घरमा बसेका छन् । थप केहीलाई भने स्थास्थ्य चौकी पुलुमा राखिएको छ ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]