Sidha Patra बिहिबार, साउन ०७, २०८३

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा अटोको ठक्करबाट ७२ वर्षीय रामबहादुर घर्ती मगरको मृत्यु भएको छ ।

बिहीबार बेलुका करिब ७:४५ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ३७४१ नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेका लमही-७ कप्तानगञ्ज निवासी ७२ वर्षीय घर्ती मगरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।त्यस्तै,दुर्घटनामा गम्भीर घाइते भएका घर्ती मगरको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल लमही अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पतालमा रेफर गरिएकोमा चिकित्सकले त्यही मृत घोषणा गरेका हुन् ।

यस्तै,उक्त दुर्घटनामा संलग्न अटोका चालक लमही नगरपालिका -७ उचानिम्बु निवासी ४० वर्षीय जितराम चौधरी र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]