
Mbdvs
Gisld
mbd
Rbs
Pbu
Sds

nsb
Hal
Sls
Pvg
Gst
Ksm
Wsp
Rgu
Bbbpu
Rgu
Vor
Asm
Rsb
Ssm
Rgs
Bbu
Sbs
Ggd
Tsm

Jmb
Gsb
Ptm
Pls
Rpp
Rmb
sab
Bml
Jmb
bbt
Syp
Mks
Abd
दाङ । राजपुर गाउँपालिकाले आफ्नो ८ औं हिउँदे गाउँ सभाद्वारा विभिन्न नीति नियम तथा कानुन शुक्रबार पारित गरेको छ ।
गत चैत ९ गतेदेखि सुरु भएको सभा समयको अभावले चैत १३ गतेलाई सारिएको थियो । त्यस्तै शुक्रबार गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको सभाले निम्न नीति नियम तथा कानुन पारित गरेको हो ।
जस अनुसार कृषि व्यवसायी प्रवर्द्धन ऐन २०७७, स्थानीय तह सहकारी ऐन २०७७, स्थानीय तह वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७, गाउँपालिका कार्य संचालन निर्देशिका २०७७, गाउँपालिकाको विपद जोखिम न्यूनीकरण नीति २०७७, गाउँपालिकाको विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना,(२०२०-२०३०)
गाउँपालिका साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ गरि ७ वटा प्रस्तावित कानुन पारित भएको छ ।
त्यस्तै सभाले केही संशोधन निर्णय,राजपुर स्वास्थ्य चौकी एम्बुलेन्स मर्मत, करार सेवामा कार्यरत कर्मचारीको म्याद थप,भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट,भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट, धुवानी गाडी भाडा भुक्तानी, फिल्टर हस्तान्तरण, ठुला योजनाहरुको पेश्की उपलब्ध गराउने लगायतको प्रस्ताव एवं निर्णयहरु पारित गरेको हो ।
यस्तै राजपुर गाउँपालिकाको कार्यालय स्थान छनोट गर्नको लागि बृहत छ्लफलको माध्यमद्वारा सबैलाई पायक पर्ने गरि बहुमतको आधारमा स्थान छनोट गर्नलाई आगामी चैत २३ गते पुनः सभा डाकिएको गाउँपालिका प्रवक्ता श्याम बहादुर रोकाले जानकारी दिनु भयो ।
