
sjnsplk
Dpm
Sdc
Mbf
snmbs
Gesld
Snmbs
dpm
Ges
Pbu
rgs
Dbc
Snmbs
Amb
pvg


काठमाडौँ । लगातार अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् । बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। काभ्रेको रोशी गाउँपालिका ७ र ८ स्थित घुमाउने र गिम्दीमा पहिरो खसेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, खुर्कोट– नेपालथोक सडक खण्डमा बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरनिको राजमार्ग दुई ठाउँमा (जिरो किलो र कोदारी) पहिरोका कारण पूर्ण रूपमा बन्द छ । ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि पहिरो र बाढीको जोखिमका कारण ठप्प भएको छ। धादिङको जवादखोलास्थित पृथ्वी राजमार्ग भने अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ ।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरको मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सुचारु छ । गण्डकी प्रदेशमा कालीगण्डकी करिडोर बागलुङको बेलबगरमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। नवलपरासी (पूर्व)को दाउन्नेमा पहिरो खसेका कारण पूर्व–पश्चिम राजमार्ग अहिले एकतर्फी मात्र सञ्चालनमा छ, जसले गर्दा सवारीको चाप बढेको छ ।
त्यस्तै,लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मीमा पनि सडक अवरुद्ध भएका छन् । अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड र गुल्मीको वामी–रिडी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । रसुवाको पासाङ ल्हामु सडक खण्ड र दोलखाको सखिनेमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
