Sidha Patra शुक्रबार, साउन ०१, २०८३

दाङ । २२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालत दाङले तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी पत्नी ३५ वर्षीया राधा पाण्डेलाई जनही ३० वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार कसुरमा दोषी ठहर गर्दै राजेशलाई ३० वर्ष छ महिना कैद तथा २ लाख ५ हजार जरिवाना, ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । यस्तै राधा पाण्डेलाई ३० वर्ष कैद २ लाख जरिवाना, ५० हजार क्षतिपूर्ति भराउनुपर्ने अदालतले फैसला गरेको छ ।

त्यस्तै,अदालतले महिला किन्ने भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्यलाई २७ वर्ष कैद, ३ लाख ५० हजार जरिवाना र १८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । राजेशलाई मानव बेचविखन कसुरमा २० वर्ष, महिलालाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० र पटके कसुरमा थप छ महिना गरी ३० वर्ष छ महिना कैद गरिएको हो ।

यसैगरी,राधा पाण्डेलाई मानव बेचविखन कसुरमा २० वर्ष, महिलालाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष गरी ३० वर्ष र मौर्यलाई मानव बेचविखन कसुरमा २० वर्ष, जवरजस्तीकरणीको कसुरमा थप ७ वर्ष गरी २७ वर्ष कैद गर्ने फैसला गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]