Sidha Patra मंगलबार, आषाढ ३०, २०८३

काठमाडौँ । पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहिका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । राउत र नेपालीको वीर अस्पतालमा र मण्डलको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउतको मृत्यु गत शनिबार भएको हो ।

गणेश नेपालीले गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको आज राती करिब दुई बजे उपचारको क्रममा मृत्यु भएको हो । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । भएका अस्पतालहरूमा समेत विशेषज्ञ चिकित्सकको चरम अभाव छ ।

त्यस्तै,जलन उपचारमा खटिने विशेषज्ञ चिकित्सकहरूमा प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन, फिजियोथेरापिस्ट हुन् । जलन उपचारको मुख्य जिम्मेवारी सम्हाल्ने प्लास्टिक सर्जरी विधामा दर्ता भएका विशेषज्ञ चिकित्सकहरूको अवस्था निकै चिन्ताजनक र न्यून देखिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]