शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, आषाढ २९, २०८३

दाङ । देउखुरीको लमहीमा आइतवारदेखि एक महिने शिव महापुराण भक्तिज्ञान उत्सव आरम्भ भएको छ ।

जेष्ठ नागरिक सहायताकालागि परोपकार अक्षयकोष स्थापनार्थ सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा बोल्दै अमृतशरण देवाचार्यले बताएका छन् ।

परोपकार अमृत नेपाल दाङको आयोजनामा संस्थाका अध्यक्ष अमृतशरण देवाचार्यको अध्यक्षतामा सुरु भएको कायक्रमको उद्घाटन गोरक्षरत्ननाथ पात्रदेव चौघेराका महन्त रतननाथ योगीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी योगीले आयोजक तथा प्रमुख कथावाचक अमृतशरण देवाचार्य सानै उमेरमा महत्वपुर्ण धार्मिक दख्खल प्राप्तगर्न सफल भएको प्रशंसा गर्दै यज्ञ उत्सव सफलताको कामना गरे ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमहीमा गर्न थालिएको एक महिने धार्मिक उतसवलाई सफलताको कामना गर्दै लक्ष्य र उद्देश्य पुरा हुनेगरि आयोजकलाई काम गर्न सुझाव दिए । धार्मिक कृयाकलापले मानव मस्तिष्क र आत्मा सुद्ध हुन्छ यो संगै जन्मदिने माता-पिताको सेवा गर्नुस यसमा पनि ठूलो धर्म हुन्छ चौधरीले भने । सो अवसरमा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगी,गोरक्ष रत्ननाथ चौघेराका डा भोलानाथ योगी लगायतले बोलेका थिए ।

एक महिनासम्म चल्ने मासिक भक्तिज्ञान उत्सवमा करोड दिप प्रज्वलन, हरेक दिन विहान ६ बजेदेखि ८ बजेसम्म संगितमय कथा प्रवचन, साझ ६ देखि साढे ६ सम्म स्तोत्र स्वस्वर पाठ र साढे ६ देखि साढे आठ सम्म श्रृंगारिक महाआरती,झाँकि लिला र भजन रहने तथा अन्य धार्मिक कृयाकलाप गर्न समेत अवसर रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम सुरुहुनु अधि १५ वटा संघ-संस्था तथा टोलविकास सहितको कलश शोभायात्राले लमही बजार परिक्रमा गरेको थियो । पण्डित अमृतशरण देवाचार्यको स्वागत मन्तबय र विषय प्रवेश संगै सुरु भएको उद्घाटन कार्यक्रमको संचालन पत्रकार लिला शाहले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]