Sidha Patra सोमबार, आषाढ २९, २०८३

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ । यसका कारण मुलुकभरको मौसममा बदली आएको छ ।

त्यस्तै,अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै,मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा पनि यस्तै मौसमी प्रणाली देखिने छ ।

यसैगरी कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै,मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]