
dpm
Snmbs
snmbs
Dpm
Snmbs
Gesld
Pbu
Ges
Mbf
Dbc
Sdc


दाङ । लमही मगर समाजको दोस्रो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ ।
लमही मगर समाजका अध्यक्ष बसन्ती राना मगरको अध्यक्षता तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका सदस्य बाबु रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोकाले मगरहरु यो देशको भूमिपुत्र भएपनि राज्य सत्ताले भोटको रुपमा मात्र प्रयोग गर्दै आएको बताए । उनले अब मगरहरुले आफ्नो हक अधिकारको लागि एकजुट भएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।
रोकाले भने,मधेसीहरुले मधेस लगिसक्यो, किरातहरुले किरातको लागि लडिरहेको छ’,´खोइ त मगरहरु मगरातको लागि लडेको,उनले प्रश्न गरे ।’ आफुले विभिन्न स्थानहरुमा मगरहरुको हक अधिकारको लागि आवाज उठाउँदा एक थरीले जातिबाद कुरा गरेको भनेर अपहेलना समेत गरेको बताए । उनले अहिले राज्य सत्ता अर्कैको हातमा गएको समेत संकेट गरेका छन् ।
मगरहरु यो देशको मुलबासी र भुमिपुत्र समेत भएको हुँदा अब मगरहरु सबै आ-आफ्नो स्थानबाट एकजुट भएर लाग्नुपर्ने समय आएको समेत उनले बताए । देशका विभिन्न जिल्ला र स्थानमा विभिन्न नाममा मगर समाजहरु गठन भएको भएपनि लमहीमा लमही मगर समाज नामले समावेशी रुपमा रहेको हुँदा यस समाजलाई बलियो बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । प्रमुख अतिथि रोकाले लमही मगर समाजले विभिन्न चरणमा सिकाएको भाषा र शीपहरुलाई अब रिजलट देखिने गरि सिक्ने र सिकाउनु पर्ने उनको धारणा छ ।
त्यस्तै,कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका पुर्व सदस्य किशोर कुमार घर्ती मगरले नेपाल मगर संघ लाङ्गाली समाज हुँदै नेपाल मगर संघ भएको बताए । उनले मगर इतिहासमा मगरहरुलाई कम्जोर बनाउनका लागि मगर युवाहरुलाई लाहुरे बनाउने र राज्य सत्ता संचालनमा मगरहरुलाई कम्जोर बनाएर अहिलेका साशकहरुले शासन गर्दै आएको उनको भनाइ छ । यस्तै,उनले अब मगर युवाहरुले छाती मात्र नाप्ने कार्य छोडेर लोक सेवा लगायतको क्षेत्रतिर अग्रसर भएर अघि बढ्नुपर्ने बताए ।
नेपाल मगर संघ लमही नगर समितिका अध्यक्ष संगम आले मगरले मगरहरु यो देशको जनजाति नभएर मुल बासी भएको बताएका छन् । उनले मगरहरुको धर्म भनेको प्रकृति पुजक ढुङ्गा,माटो पुजने जात भएको समेत बताए ।
त्यस्तै,नेपाल मगर संघ लमही नग समितिका निवर्तमान अध्यक्ष जगत पुन मगरले मगरहरुलाई एकताबद्ध बनाउन विभिन्न कार्यक्रमहरु गरि भाषा,संस्कार, संस्कृत संरक्षणमा मगर नेताहरुले जुनसुकै पार्टीमा आबद्ध भएर राजनीति गरेपनि आफ्नो मगर समुदायको लागि वकालत गर्न आग्रह गरे । उनले समयलाई खेरा नफालेर मगर समुदायको निम्ति आफुहरु निरन्तर लागि रहेको हुँदा अब मगरहरु एकताबद्ध भएर लाग्न जरुरी रहेकोे बताए ।
अहिले लमही मगर समाजले मगर भाषा पढाउने पन्चेबाजा बजाउने लगायतको तालिमहरु प्रदान गरिरहेको हुँदा सबै मगरहरु समाजसंग जोडिएए लाग्न उनले अनुरोध समेत गरे ।
यस्तै,लमही मगर समाजका संस्थापक अध्यक्ष जगेन्द्र बुढा मगर (खाम)ले आफुहरुले २०७६ सालमा लमही मगर समाज गठन गरेको स्मरण गर्दै विभिन्न चरणमा समाज जसोतसो चलेपनि अहिले समाजले गति लिएको बताए । समाजलाई माथि उकास्न उनले नेपाल मगर संघ लमही नगर समितिका निवर्तमान अध्यक्ष जगत पुन मगरको महत्त्वपूर्ण भुमिका रहेको बताए । उनले आगामी दिनमा समाजलाई दिनुपर्ने विभिन्न सहयोगहरुमा आफू सदाबहार लागि रहने समेत प्रतिबद्धता जनाए ।
लमही मगर समाजका सदस्य कृष्टा पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही मगर समाजका सल्लाहकार निम बहादुर घर्ती मगर,नेपाल मगर संघ लमही नगर समितिका सदस्य तथा लालिगुरास युवा क्लबका अध्यक्ष दिल बाँठा मगर,लमही जिसिजका उपाध्यक्ष रमित बुढा मगर लगायतले आफ्नो भनाइ राखेका थिए ।
भाषा कला सांस्कृतिक हाम्रो सान,स्वाभिमानी मगर हाम्रो पहिचान भन्ने मुल नाराका साथमा सम्पन्न भएको समाजको दोस्रो अधिवेशन कार्यक्रममा विभिन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुतिहरु प्रस्तुत गर्ने मगर युवायुवतीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने जेष्ठनागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै,उक्त दोस्रो अधिवेशन कार्यक्रम संचालनको जिम्मेवारी पाएका नेपाल मगर संघ लमही नगर समितिका सचिव टीका घर्ती मगर (सिद्धान्त)ले कार्यक्रमको अन्त्यमा आफ्नो भनाइ राख्दै उनले मगरहरु अब पार्टी र नेताको चाकरी गर्न छोड्नुपर्ने बताएका छन् । उनले पूरा राजनीति दल र नेताबाट अब केहि परिवर्तन हुन नसक्ने भएको हुँदा अब मगर समुदायहरुले नयाँ विकल्प अपनाउनुपर्ने उनको धारणा रहेकोे छ । उनले भने,अहिलेसम्म मगरहरुलाई झोला बोकाएर आफ्नो कार्यकर्ताको रुपमा हिडाल्ने र आफुहरुले राज्य सत्ता प्राप्त गरिसकेपछि मगर समुदायलाई जहिलेपनि पछाडि पार्ने प्रविधिको अन्त्य गर्नुपर्ने बिचार व्यक्त गरे ।
यस्तै उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष बसन्ती राना मगरले आफ्नो कार्यकालमा विभिन्न निकायसंग सहकार्य गरि मगर समुदायको हक हितका लागि सक्दो पहल गर्ने जमर्को गरेको बताइन् । उनले मगरहरुलाई एकजुट बनाउन र भाषा सिकाउने तथा तालिमहरु प्रदान गरिएको उनको भनाइ छ । उनले आगामी दिनमा समाजका निम्ति अहोरात्र खटिने समेत बताइन् ।
दोस्रो अधिवेशनद्वारा कृष्टा पुन मगर चयन
लमही मगर समाजको दोस्रो अधिवेशनले कृष्टा पुन मगरको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको महिला उपाध्यक्षमा रुमा घर्ती मगर,पुरुष उपाध्यक्षमा केशव घर्ती मगर,सचिवमा सन्तोष रोका मगर,कोषाध्यक्ष पबित्रा भण्डारी मगर,सह-सचिव सीता थापा मगर चयन भएको लमही मगर समाजले जनाएको छ ।



