
Mbdvs
mbd
Sds
Rbs
Pbu
Gisld

Hal
Wsp
Sls
Pvg
Ssm
Rsb
Gst
Tsm
Rgu
Sbs
Bbu
Bbbpu
Rgu
Rgs
Asm
Vor
Ggd
nsb
Ksm

Jmb
Syp
Jmb
sab
Mks
Rmb
Bml
Rpp
Abd
bbt
Ptm
Gsb
Pls
बाँके । बाँकेको कम्दीमा प्रहरीमाथि आक्रमण भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी जवान श्रवण यादवलाई टिपरमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।
गएराति टिपरमा सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कम्दीका प्रहरी जवान यादवले रोक्न खोजेपछि उहाँमाथि हातपात भएको हो । आक्रमण गर्ने चारै जना फरार छन् । कम्दी नहर तर्फबाट बालुवामाथि सालको काठ लोड गरेर आउँदै गरेको ना ८ ख ८२२८ नम्बरको टिपरलाई रोकेर काठ कम्दी चौकीभित्र लैजान भनेपछि टिपरमा रहेका व्यक्तिहरुले यादवलाई आक्रमण गरी फरार भएको कम्दी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक लाल बहादुर रानाले बताउनु भयो ।
त्यस्तै ड्युटीमै रहेको प्रहरीलाई आक्रमण गर्दै बर्दी समेत च्यातिदिएको नायब निरिक्षक रानाले जानकारी दिनुभयो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । फरार रहेको टिपर र अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बरामद गरिएका सालका ३ वटा गोलिया र चालकलाई आजै जिल्ला वन कार्यालय बाँके पठाइएको प्रहरी नायब निरिक्षक रानाले जानकारी दिनु भयो ।
