Sidha Patra शुक्रबार, चैत्र १३, २०७७

गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ ।

सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा बिहीबार स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनु भयो ।

दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युतको फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीय वासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताउनु भयो ।

त्यहाँका स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उहाँले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]