Sidha Patra आइतबार, आषाढ १४, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सचिवालय टिमको ‘सदस्य हुँ’ भन्दै प्रहरीका युनिटहरूमा अनावश्यक पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

त्यस्तै,पक्राउ पर्नेमा कोटेश्वरको खरिबोट बस्दै आएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ का ३० वर्षीय आदित्य सिंह छन् । आइतबार कोटेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

सिंहले आफूलाई गृहमन्त्री गुरुङको सचिवालयको टिमको सदस्य हुँ भनेर परिचय दिने गरेका थिए । उच्च प्रहरी अधिकृतलाई समेत उनले सचिवालय सदस्यको हैसियतमा फोन गर्ने गरेको भेटिएको छ ।

काठमाडौँ र ललितपुरका प्रहरी युनिटहरूमा उनले प्रहरीलाई अनावश्यक दबाब दिएर ‘बिचौलिया’को भूमिका खेल्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । त्यस्तै,उनलाई भद्रकाली स्थित काठमाडौँ परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]