
Jsbus
Ratbs
Pbu
Syees
Ddhbs
Gsl
Rbs
dsbus
Ssbus
Csbus
Bksbus5
Gsbus
syysr
Nssbus7
Amb
gms

Ssm
nsb
Ksm
Pvg
Rsb
Rgu
Asm
Ggd
Gst
Sls
Bbbpu
Wsp
Rgu
Sbs
Vor
Rgs
Hal
Tsm
Bbu

Bml
Gsb
Pls
Syp
Rpp
bbt
Rmb
Jmb
Ptm
Abd
Mks
sab
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट बुधबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतसमेतबाट प्राप्त हुने आयका आधारमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
त्यस्तै,उनका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ तथा चालुतर्फ ५५ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा तहमा सञ्चालन हुने चालु तथा पुँजीगत कार्यक्रमका लागि ६ करोड ६९ लाख रुपैयाँ छुट्याइएको छ ।
बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान गरी ५४ करोड ३२ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटमार्फत ६ करोड ४७ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।गाउँपालिकाले आन्तरिक स्रोत, रोयल्टी बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन तथा चालु आर्थिक वर्षको मौज्दात रकमसमेत गरी २ करोड ५ लाख रुपैयाँ आन्तरिक आम्दानी जुट्ने अनुमान गरेको छ ।
उपाध्यक्ष चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा अनुमान गरिएको ६५ करोड २७ लाख २ हजार रुपैयाँ आयको तुलनामा आगामी वर्षको आय अनुमान ९ करोड ७७ लाख ९४ हजार रुपैयाँ ९१४।९८ प्रतिशत० ले बढी रहेको बताउनुभयो।
त्यस्तै,राप्ती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड २७ लाख २ हजार रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट गत वर्षको तुलनामा करिब १० करोड २२ लाख ४० हजार रुपैयाँले बढी रहेको छ । गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ ।
