
Ddhbs
Ratbs
Csbus
Amb
Pbu
Gsl
Jsbus
Syees
Bksbus5
Gsbus
Ssbus
syysr
Nssbus7
gms
Rbs
dsbus

Ssm
Rgs
Sls
Gst
Wsp
Rgu
Sbs
Ggd
Pvg
Bbu
Bbbpu
Rsb
Rgu
Ksm
Asm
Tsm
nsb
Hal
Vor

Mks
Rmb
Abd
Rpp
Ptm
Pls
bbt
Jmb
Jmb
sab
Bml
Gsb
Syp
दाङ । बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट बुधबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीसीले दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास,कृषि आधुनिकीकरण,खानेपानी,सुशासन तथा सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
त्यस्तै,गाउँपालिकाले कुल बजेटमध्ये २३ करोड ४० लाख रुपैयाँ पुँजीगत तथा ३९ करोड २६ लाख रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि मात्रै ८ करोड ५५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ भने कुल बजेटको स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट,आन्तरिक आम्दानी तथा मौज्दात रकम रहेका छन् । बजेटले “कृषि, पर्यटन, सुशासन र पूर्वाधार : समृद्ध बंगलाचुलीको आधार” भन्ने मूल भावनालाई आत्मसात् गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक विकास तथा गरिबी न्यूनीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी, सडक, सिँचाइ, खानेपानी र ऊर्जा पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन तथा सूचना प्रविधिमैत्री स्थानीय शासनलाई बजेटका मुख्य उद्देश्यका रूपमा अघि सारिएको छ ।
क्षेत्रगत विनियोजनतर्फ शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि २८ करोड ४७ लाख १७ हजार रुपैयाँ छुट्याइएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सञ्चालन व्यवस्थापनका लागि ४ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि २ करोड ३० लाख ९० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
कृषि तथा पशुपालनको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिँदै गाउँपालिकाले “एक वडा, एक कृषि तथा पशुपक्षी विकास प्राविधिक” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । कृषि, पशुपन्छी, उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रका लागि ६३ लाख रुपैयाँ तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । रोजगार प्रवर्द्धनका लागि राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै,पूर्वाधार विकासतर्फ गाउँपालिकाको गौरवको आयोजना “एक घर, एक धारा” कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण तथा विपद् व्यवस्थापन र मर्मत सम्भारका लागि थप बजेट व्यवस्था गरिएको छ । सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा युवाको क्षमता विकासका लागि ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । शहीद परिवार तथा द्वन्द्वपीडित सहयोग कार्यक्रमका लागि ८ लाख रुपैयाँ र बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ७ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँसभामा पालिका अध्यक्ष तुलसीराम पुनमगरले आर्थिक वर्ष २०८३/०८४ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा समेत शिक्षा, स्वास्थ्य,पूर्वाधार विकास,कृषि आधुनिकीकरण,खानेपानी,सुशासन तथा सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कृषि, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ। हालसम्म १०५ किलोमिटर सडक मर्मत, १० किलोमिटर नयाँ ट्र्याक खोल्ने, २१ किलोमिटर सडक स्तरोन्नति गर्ने तथा १० वटा खानेपानी आयोजना सम्पन्न भएको जनाइएको छ । यद्यपि बेरोजगारी,बसाइँसराइ, कृषि उत्पादनको बजारीकरण,विपद् व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह अझै चुनौतीका रूपमा रहेको भन्दै नयाँ बजेट ती समस्याको समाधानतर्फ केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ ।
